विकास आफैमा एउटा बृहत अवधारणा हो भने लगानीको प्रत्याभूति हुनु त्यसको पूर्वाधारको सुनिश्चितताको आधार । लगानी जस्तोसुकै अनुपातको किन नहोस् त्यसले महत्वपूर्ण कार्यको सुत्रपात समेत गर्दछ । जुन गतिशील विकास पूर्वाधारको समुचित आकार पनि हो । स्वायत्त शासन ऐेनले प्रदान गरेको अधिकारका आधारमा स्थानीय स्तरमा साना ठुला लगानीका योजना आयोजनाहरुप्रति स्थानीय जनताको समग्र चिन्ताचासो बढेको हुनैपर्छ । स्थायी विकासको गतिलाई अभिबृद्धि गर्दै स्थानीय, क्षेत्रीय तथा राष्ट्रिय विकास पूर्वाधारका अनेकौं सवालहरुलाई मुखरित गर्ने गरी आजको यस अंकमा सघन सहरी विकास कार्यक्रममार्फत प्राप्त भएको ५० करोड रुपैंया साँफेबगर नगरपालिकाले कसरी खर्च गर्दै छ भन्ने बिषयमा आधारित भएर पालिकाका नगरप्रमुख कुल बहादुर कुँवरसंग कुराकानी गरेका छौँ। (सुन्नुहोस)
Facebook Comments Box



















