एक महिनामै ढल्यो सुदुरपश्चिम सरकार,विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावल पदमुक्त

Image

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत प्राप्त हुन सकेन। अहिले केहीबेर अगाडि बसेको प्रदेश सभा बैठकमा उहाँले पेश गर्नु भएको विश्वासको मत प्राप्त होस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो। यसरी दुई वा सोभन्दा बढी दलको समर्थनमा नियुक्त हुनुभएका मुख्यमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ। कानुन अनुसार प्राप्त समयसीमाको आज अन्तिम दिन रहेको थियो।

मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि अब संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुने बाटो खुला भएको छ।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय