क्याम्पसको गुणस्तरियता अभिवृद्धि गर्नेबारे विद्यार्थी प्रतिनिधि र प्राध्यापकहरुबिच अन्तरक्रिया

Image

धनगढी । स्वतन्त्र विद्यार्थी युनियनको पहलमा कैलाली वहुमुखी क्याम्पसमा गुणस्तरियता वृद्धि र वर्तमान समस्या समाधान गर्नेबारे प्राध्यपक र विद्यार्थी प्रतिनिधिबिच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

शुक्रबार आन्तरिक गुणस्तर सुनिश्चितता कायम तथा अभिवृद्धि गर्न र थप नयाँ कार्यक्रम लागु गर्नेबार क्याम्पसमा रहेका क्लव र विद्यार्थी संगठनका प्रतिनिधिसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको स्ववियु अध्यक्ष यमराज जोशीले वताउनुभयो । प्राध्यापक र विद्यार्थी दुबै पक्षलाई प्रत्यक्ष अन्तरक्रिया गराई अझ सक्रिय बनाउने र नयाँ शैक्षिक सत्रलाई व्यवस्थित बनाउने प्रमुख उद्धेश्य रहेको उहाँको भनाई छ ।

झण्डै चार घण्टा लामो उक्त छलफलमा विद्यार्थी प्रतिनिधिहरुले विभिन्न सुझाव र सल्लाह प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा आन्तरिक गुणस्तर सुनिश्चितता समितिका संयोजक डा. राजेन्द्रबिर चन्दले अब सबै विभागहरुलाई थप सक्रिय बनाएर व्यवस्थित गर्दै लैजाने वताउनुभयो । यस्तै क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्टले विद्यार्थी र प्राध्यापकहरुका रचनात्मक सुझावलाई आत्मसात गर्दै क्याम्पसको गुणस्तर अभिवृद्धिमा जोड दिने वताउनुभयो ।

उक्त कार्यक्रममा क्याम्पस प्राध्यपक संघ कैलाली वहुमुखी क्याम्पस कमिटिका अध्यक्ष डा. शिव प्रसाद सापकोटा, केएमसी रिसर्च म्यानेजमेन्ट सेलका संयोजक सह–प्राध्यापक मोहन सिंह साउँद, प्रगतिशील प्राध्यापक संघका सुदुरपश्चिम र्ईन्चार्ज उप–प्राध्यापक मान बहादुर जोरा, शिक्षा संकायका विभागिय प्रमुख सह–प्राध्यापक प्रयागराज जोशी, प्राध्यापक बासुदेव बिष्ट, प्रशासन प्रमुख डिल बहादुर धामी लगायत क्याम्पसमा रहेका ११ ओटा क्लवका प्रतिनिधि र सात ओटा विद्यार्थी संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय