बालकुमारी घटना : मृतकको सम्झनामा धनगढीमा दीप प्रज्वलन  

Image

धनगढी – बालकुमारी घटनामा मृत्यु भएका दुई युवकको सम्झना धनगढीमा दीप प्रज्वलन गरिएको छ ।

आज शनिबार धनगढीको पार्क मोडमा मृतकका आफन्त र धनगढीका युवाहरूले दीप प्रज्वलन गरेका हुन् ।

ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियोे ।

पानी जहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमुलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको थियो ।

आज बसेको मन्त्रिपरिषद बैठकले उक्त घटनामा मारिएका दैलेखका रावत र अछामका शाहको परिवारलाई १०-१० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

त्यस्तै सरकारले घटनाको सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने र सुरक्षा निकायलाई सतर्क,संयमित र प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय