यो जिन्दगीको दौड 

Image

दौड चलिरहेको छ यहाँ

हर कोहि भागी रहेछन्

कहिले आफ्ना सपना

पूरा गर्न रहर कुल्चिएर

कहिले आफ्ना रहर

पुरा गर्न सपना कुल्चिएर

कहिले भागी रहेछन्

आफ्ना देखि

आफुलाइ भेटाउन

कहिले आफै देखि

आफ्नालाइ भेटाउन

यो कुरा पनि प्रष्ट

थाहा छ कि

यो जिन्दगीको दौड

चितासम्म पुगेर नै रोकिने छ

तर पनि किन हो किन

मान्छे भागी रहेछ

आफ्नो परिचय बनाउन

आफैलाइ त्यागेर, आफैलाइ बिर्सेर, आफैलाइ कुल्चेर यसरी नै चलिरहेछ यहाँ जिन्दगीको दौड।

सर्जक : कृष्टी जोशी, धनगढी 

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय