एरिष्टो ईङलिस र्बोडीङ स्कुलको ३१औं वार्षिक उत्सव सम्पन्न

Image

धनगढी।एरिष्टो ईङलिस र्बोडीङ स्कुलले ३१औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ।
सुदुरपश्चिम प्रदेशका प्रदेश सभामुख भिम बहादुर भण्डारीको प्रमुख आतिथ्यमा बिहीवार एक भब्य कार्यक्रमका बिच उत्सव मनाएको हो। धनगढी उपमहानगरपालीका ०८ क्याम्पस रोडमा रहेको उक्त बिद्यालयले आज (फाल्गुन २४ गते) ३० बसन्त पार गरी ३१औं बसन्तमा प्रवेश गरेको हो । हाल एक हजार आठ सय भन्दा बढी बिद्यार्थीहरु अध्यनरथ,७७ जना जम्मा कर्मचारी रहेको स्कुलका प्रधानाध्यापक हरी बुढाथोकी क्षेत्रीले बताउनु भयो । उक्त स्कुलमा गत एक वर्षको पुरा आयव्यय ( रु चार करोड भन्दा बढी आय,कर्मचारी तलव भत्ता रु.दुई लाख ५८ हजार भन्दा बढी बिभिन्न जम्मा खर्च रु चार करोड ६ लाख ८५ हजार १ सय ६९ रुपैया रहेको उक्त स्कुलका प्रधानाध्यापक बुढाथोकीले प्रस्तुत गर्नु भयो । बिद्यालयले एउटा बिद्यार्थी बाट एक वर्षको २४ हजार रुपैंया फि लिने गरेको बताउनु भयो । उक्त शुल्क भनेको सामान्य रहेको प्रधानाध्यापक बुढाथोकीले दावी गर्नु भयो । उहाले भन्नु भयो “निजी बिद्यालयले लिएको शुल्कमा कसैले औला उठायो भने आफ्रनो लागी दुखको कुरा भएको र शिक्षा प्रती नराम्रो धारणा राख्नु हो” ।


स्कुललाई उन्नति र प्रगतीको शुभकामना दिदै आजको युग भनेको प्रतीसप्रर्धाको युग हो निजी बिद्यालय होस वा सरकारी बिद्यालय यसलाई तुलनात्मक ढंगबाट अगाडी बढाउन जरुरी रहेको सुदुरपश्चिम प्रदेश सभामुख भिम बहादुर भण्डारीले बताउनु भयो ।


उक्त बिद्यालयद्धारा गत वर्षको एस.ई.ई मा उत्कृष्ट ग्यालेक्सी मा.वी मा अध्यनरथ छात्रा नीतु बिष्ट लगायत बिभिन्न उत्कृष्ट कर्मचारी,बिद्यार्थी,पूर्व विद्यार्थीहरुलाई सम्मान गरीएसँगै अबदेखी धनगढी उपमहानगरपालीका भरीमा एस.ई.ई परीक्षामा उत्कृष्ट बिद्यार्थीलाई एरिष्टो ईङलिस र्बोडीङ स्कुलले सम्मान गर्ने घोषणा गरेकोे छ ।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय