वार्षिकोत्सबकाे अवसरमा चैतन्य पाठशालाद्वारा प्रविधिका सामग्री सहयोग

Image

धनगढी । शिक्षा र संस्कारको संगम भनेर चिनिएको कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले आज २३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस  मनाएको छ ।
चैतन्य पाठशालाले वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारि मानव सेवा आश्रम लगायत केहि सामुदायिक विद्यालयहरुलाई प्रविधिका सामग्री सहयोग गरेको छ । मानव सेवा आश्रम लाई स्मार्ट टिभी, दान पेटिका,दृष्टी फाउन्डेसनलाई स्मार्ट टिभी र फर्निचरका सामग्री, जनप्रिय आधारभुत विद्यालय र शैलेश्वरी माद्यामिक विद्यालय लाई स्मार्ट बोर्ड र प्रेजेक्टर गरी पाठशालाले तिन लाख बराबरको लागतमा सहयोग गरेको हो । सहयोग सामग्री ग्रहण गर्दै दृष्टी फाउन्डेसन चलाउदै आएकी कल्पना भट्टले आश्रमलाई सहयोग गरेको प्रति धन्यवाद दिदै आगामी दिनहरुमा पनि चैतन्य पाठशालाबाट सहयोगको अपेक्षा गरेकाे बताउनु भयाे।

पाठशालाले आज शिक्षा, स्वास्थ्य, राजनीतिक , खेलकुद, साहित्य सञ्चार क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान समेत गरेको छ ।उक्त पाठशालामा अध्यनरत विद्यार्थिहरुलाई समाज प्रति उत्तरदायी बनाउन विभिन्न व्याक्तिलाई सम्मान गरिएको पाठशालाका अध्यक्ष गणेश प्रशाद जाेशीले बताउनु भयाे ।

चैतन्य पाठशालाले प्रत्येक कक्षा कोठामा स्मार्ट बोर्डबाट पठनपाठन गरिरहेको समेत बताउनु भएको छ । अहिलेको शिक्षा प्रणालीले अबको २०,३० वर्ष पछि प्रतिस्प्रधा गर्न सक्ने शिक्षा दिन आवश्यक रहेको अध्यक्ष जोशीको भनाई छ ।कार्यक्रममा विभिन्न संस्कृति झल्काउने प्रस्तुतिहरु समेत विद्यार्थीहरुले प्रस्तुत गर्नुभएकाे थियाे ।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय