डेउडा प्रतिष्ठान केन्द्रीय कार्य समितिको आयोजनामा नयाँ वर्ष २०८० सालको लोकार्पण तथा शुभकामना आदानप्रदान

Image

डेउडा प्रतिष्ठान केन्द्रीय कार्य समितिको आयोजनामा नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा भित्ते पात्रो लोकार्पण संगै विबिध साँस्कृतिक कार्यक्रम गरि सम्पन्न गरेको छ ।

भाषा साहित्य ,कला र सांस्कृतिको संंरक्षण गर्नु हाम्रो दायित्व हो भन्ने मुल नाराका साथ शनिवार साहित्य समाजको सभाहलमा आयोजना भएको उक्त कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष दल बहादुर बोगटीको सभापतित्व र प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी रहनु भएको थियो ।

भने नेपाली काङग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री सुदूरपश्चिम प्रदेश सभासदस्य मेघराज खड्का, पुर्ब राज्य मन्त्री टेकबहादुर रैका, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि.एन जोशी विशिष्ट अतिथि रहनु भएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष प्रेम बिबश चन्दले गरेका हुन भने स्वागत मन्तव्य संस्थाका बरिष्ठ उपाध्यक्ष सुरत रावत डोटेली कान्छाले गर्नु भएको थियो ।

सो कार्यक्रममा नेपाली भाषा संस्कृति परिषद गोदावरीका अध्यक्ष पदमराज जोशी , सुदूरपश्चिमका चर्चित गायक भुवन दाहाल,कटक नेपाली ,ध्वज बहादुर महरा, सुर्य बिरही साउँद ,पदम कार्की,माया पाण्डेय ,कृष्णा सिराडी,धनेश्वरी रेग्मी लगायतका स्रष्टाहरुले आ–आफ्नो प्रस्तुति देखाएका थिए साथै कार्यक्रमको समापनमा डेउडिया हुकुम देउबा र धनेश्वरी रेग्मी को घम्साघम्सी डेउडाले कार्यक्रमलाई अझै रमाइलो बनाई कार्यक्रमको समापन गरिएको थियो ।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय