डा.हरीचन्द्र कमली
धनगढी । “गीता ज्ञान जीवन विज्ञान” भन्ने मूल मन्त्रका साथ व्यक्तिगत र सामाजिक रुपान्तरणका लागि जारी रहेको अभियान हो, जीवनका लागि गीता ज्ञान अभियान।
यस अभियानले सनातन वैदिक ज्ञानको सार रहेको गीता ज्ञानलाई विविध कार्यक्रम मार्फत प्रवर्धन गर्दै आएको छ। कीर्तिपुरको गाम्चामा भएको भेलाको अध्यक्षता वैदिक योग सनातन समाजको अध्यक्ष श्री केशब अधिकारीले गर्नु भएको थियो। प्राध्यापक वैकुण्ठ थापा द्वारा संचालित उक्त कार्यक्रममा विभिन्न अभियन्ताहरुले गीता ज्ञानको महिमाबारे आफ्नो बुझाइ राख्नु भएको थियो।
उक्त भेलाले अभियानको काठमाण्डौँ संयोजन समिति घोषणा गरेको छ। संयोजकमा सिर्जना मैनाली योगामाला, सह संयोजक नरहरि प्रेमी चयन हुनुभएको छ । उक्त भेलामा उपस्थित सबै अभियन्ताको रुपमा रहेको समितिमा सल्लाहाकारहरुमा समाजसेवी गोकुल थापा, कमला घिमिरे र सुदिप पौडेल रहनुभएको छ।
उक्त कार्यक्रममा यस अभियानको संकाल्पकर्ता डा. हरि चन्द्र कमलीले गीताज्ञानको महत्वमाथि प्रकाश पार्दै, यस अभियान के हों? केका लागि हो? र कसरी अगाडि बढ्दै छ? भन्ने बारेमा प्रष्ट्याउनु भयो। सहभागीहरूको जिज्ञासा बारे थप प्रकाश पार्दै उहाले व्याक्तिगत र सामाजिक÷ सांस्कृतिक रुपान्तरणको यस अभियानमा जोडिनु हुन सबैलाई आग्रह गर्नु भएको छ।




















