दिक्क लाग्छ जिन्दगी (कविता)

Image

दिक्क लाग्छ जिन्दगी
त्यागी दिउँ जस्तो
घाँडो लाग्छ जिन्दगी
पन्छाई दिउँ जस्तो ।

वाक्क लाग्छ जिन्दगी
फ्याकी दिउँ जस्तो
दुःख लाग्छ जिन्दगी
रोई दिउँ जस्तो ।।

मुल्यहिन लाग्छ जिन्दगी
फ्याली दिउँँ जस्तो
गन्तव्य बिहिन लाग्छ जिन्दगी
कतै बसी दिउँ जस्तो ।।

अपमानित लाग्छ जिन्दगी
बदला लिउँ जस्तो
खाचोँ लाग्छ जिन्दगी
पैचोँ दिउँ जस्तो ।।

गल्ती लाग्छ जिन्दगी
मेटाई दिउँ जस्तो
आफ्नै लाग्छ जिन्दगी
बचाई दिउँ जस्तो ।।

आकाश खड्का
कानुन संकायमा अध्ययनरत (कैलाली बहुमुखी क्याम्पस)

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय