चैतन्य पाठशालाद्वारा धनगढीमा पत्रकारहरूसँग दशैं तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम

Image

धनगढी। चैतन्य पाठशालाले धनगढीमा रहेका विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको उपस्थितिमा दशैं तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पत्रकारहरुलाई आज धनगढीमा रहेको चैतन्य पाठशालाले उक्त कार्यक्रम गरेको हो।

पत्रकारलाई शुभकामना दिँदै पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले,आफ्ना गतिविधिहरूलाई सहि, सत्य र निष्पक्ष, रुपमा प्रसारण गरेर ठुलो सहयोग पुर्याएको र आगामी दिनमा पनि मिडियाले हामीलाई सहि दिशा निर्देश गर्नेमा विश्वस्त रहेको पाठशाला का अध्यक्ष गणेश प्रसाद जोसीले बताउनु भयो।साथै पत्रकारिता थप सशक्त र मजबुत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । बर्ष भरि सबै आ.आफ्ना कार्यमा ब्यस्त हुँदा भेटघाट समेत गर्ने अवसर नमिल्ने भएकाले महान चाड पर्व बिजया दशमीको पूर्व सन्ध्यामा पत्रकारहरु सँग शुभकामना आदानप्रदान कार्यक्रम गरेको पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिंहको भनाई रहेको थियो । सम्पुर्ण मिडिया कर्मीहरुले सदैव पाठशाला परिवारलाई मजबुत र समाज मुखी बनाउन लाग्नु पर्ने प्रधानाध्यापक सिहँले बताउनु भयो ।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय