छुवाछुत अन्त्य गर्ने आफ्नाे धारणा रहेको:सुदूरपश्चिम प्रदेश प्रमुख मिया

Image

धनगढी।कैलालीको धनगढीमा आयोजना दलित सामाजिक मञ्चको दलितका आवाजमा हकहित दलितका सवालका विषय माग बारे विशेष छलफल गरिएको छ ।
मङ्गलबार सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाकाे प्रमुख आतिथ्यमा उद्घाटन समारोह सुरु भएको थियो। विभिन्न प्यानल मा दलितका सवाल विषय मा छलफल ,सरोकारवालाको ध्यान आकर्षण गराइएको थियो।
जस अन्तर्गत सामानुपातिक समावेशीका लागि संविधान ऐन कानुनमा गरिएका व्यवस्था र सुदूरपश्चिममा दलित समुदायका लागि समानुपातिक समावेशिताको अवस्था, जातीय छुवाछुतको अन्त्य, दलित समुदायको सशक्तिकरणका लागि राज्यले के कस्ता योजनाहरु कानुन र संरचना कार्यान्वयनको आवश्यकता, सुदूरपश्चिममा जातीय छुवाछुत कहिले अन्त्य हुने भन्ने विषयमा राज्यकाे भूमिका र महिला, दलित महिला, बालबालिका लगायत पछाडि पारिएका दलित समुदायका मानिहरुका लागि राज्यले कस्तो योजना बनाएको छ ? सशक्तिकरणका लागि प्रदेश सरकार र स्थानीय सरकार को नीति कार्यान्वयन र बजेटमा के कस्ता व्यवस्था र दलित समुदायको पहुँच के कस्तो रहेको छ ? भन्ने विषयमा विशेष छलफल गरिएको थियो।
कार्यक्रमको उद्घाटनमा बोल्दै सुदूरपश्चिम प्रदेश प्रमुख मियाले छुवाछुत र विविध राज्य बनाउनु अति नै आवश्यक रहेको बताउनुभयो। उहाँले विभेद अन्त्य नहुँदासम्म समाज मा परिवर्तन नहुने र देशको विकास हुन नसक्ने बताउनुभयो ।
प्रदेश प्रमुख मियाले आफू संविधानको रक्षा गर्ने जिम्मेवारीमा रहेको र संविधानमा पनि छुवाछुत विभेद रहित समाजको परिकल्पना गरिरहेको, छुवाछुत अन्त्य गर्ने आफ्नो धारणा रहेको बताउनुभयो।
यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले समाजमा पछिल्लो समय जातीय विभेद कम हुँदै गए पनि अझै अन्त्य हुन नसकेको र छुवाछुत दण्डनीय अपराध हो भन्ने कुरा बताउनुभयो ।सामाजिक विकास मन्त्री मेघराज खड्काका अनुसार दलित अधिकार स्थापित हुनेगरी कानुन निर्माणको प्रक्रिया भइरहेको बताउनु भयाे।
कार्यक्रममा पूर्व मन्त्री तथा प्रदेश सांसद लक्ष्मी बिक, प्रदेश सभा सदस्य ललिता सुनार लगायतले छुवाछुत अन्त्य हुनुपर्ने बताउनुभयो।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय