स्वास्थ्य शिविरका लागि आवश्यक सामान लिएर सैनिक श्रीमती संघको टोली धनगढीमा ।

Image

धनगढी । स्वास्थ्य शिविरका लागि आवश्यक सामान लिएर सैनिक श्रीमती संघको टोली धनगढी आईपुगेको छ । कञ्चनपुरको लालझाडीमा सञ्चालन हुने स्वास्थ्य शिविरका लागि सामग्री लिएर सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता रेग्मी शर्मा सहितको टोली धनगढी पुगेको हो।
नेपाली सेनाको क्यासा एनए–०६२ जहाजमा संघको ३२ सदस्यीय टोलीले बिहान धनगढी अवतरण गरेको थियो। टोलीमा उपाध्यक्ष कल्पना राणा, उमा खड्का, सचिव सोभाना पौड्याल, कोषाध्यक्ष सगुन राणा, सह–कोषाध्यक्ष संगिता भण्डारी रहेका छन्।
प्राविधिक सेनानी डाक्टर निरञ्जन पुडासैनी, हुड्डा डिपेश खड्का, अध्यक्ष शर्माको सहयोगी अञ्जु शर्मा गौतम र सेनानी स्मारिका शाहीको छोरा अविघ्न सिंह पनि उनीहरुसंगै धनगढी पुगेका छन्। यस्तै धनगढी पुगेको सो टोलीलाई धनगढीको कैलाली बहुमुखी क्याम्पसले स्वागत गरेको छ। क्याम्पस प्रमुख धर्मराज उपाध्याय र अन्य प्राध्याध्यापकहरुसंग भेटघाट गरी उक्त टोली फर्किएको छ । धनगढी पुगेको उक्त टोलीसहितको जहाज सुर्खेत हुँदै आजै काठमाडौं फर्कने बताइएको छ। सुर्खेतमा पनि स्वास्थ्य शिविर हुने जनाइएको छ।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय