पानीका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्व पानी दिवस नेपालमा पनि मनाइँदै

Image

धनगढी।पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्व पानी दिवस मनाइँदैछ । ‘शान्ति र समृद्विका लागि पानी’ भन्ने मूल नाराका साथ विभिन्न सङ्कल्प तथा जनचेतनामूलक कार्यक्रम गरिँदैछ ।

प्राणी जगतका लागि हावापछिको दोस्रो महत्त्वपूर्ण तत्त्व पानीलाई मानिन्छ । पानीको महत्त्व र संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व पानी दिवसका रूपमा मनाइने गरिन्छ ।

नेपालमा २५ प्रतिशत जनसङ्ख्या गुणस्तरीय खानेपानीको पहुँचमा रहेको तथ्याङ्क छ । यस्तै आधारभूत खानेपानीमा ९५ प्रतिशत पहुँच पुगेको छ । कुनै पनि मूल वा स्रोतमा पाइप राखेर घरको आँगनसम्म पुर्‍याइ पानी उपभोग गर्नुलाई आधारभूत खानेपानी मानिन्छ भने आधारभूत खानेपानीलाई प्रशोधन गरी गुणस्तर मापदण्ड कायम गरिएको पानीलाई गुणस्तरीय खानेपानी भनिन्छ ।

राष्ट्रिय योजना आयोगका अनुसार गुणस्तरीय खानेपानी प्रयोग गर्ने जनसङ्ख्या सन् २०३० सम्म ९० प्रतिशत पुर्‍याउने राष्ट्रिय लक्ष्य रहेको छ । बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश, जलवायु परिवर्तन एवम् प्रदूषणका कारण पानीका स्रोत नष्ट भइरहेका छन् ।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय