जथाभावी सडक खन्दा अहिले अना र भ्यढुङ्गा गाउँ जाेखिममा

Image

धनगढी । बझाङमा जथाभावी सडक खन्दा वर्षाकाे पानीले माटो बगाएर घर पुरिएका छन्। बझाङको सुर्मा गाउँ पालिका वडा नं २ अना गाउँमा गए राती आएको भारी बर्षाले माथि पट्टी सडक काट्दा जम्मा भएकाे माटो पानीले बगाएर ल्याउदा मीन बहादुर बोहराकोे घर पुरिएको छ।

माटोले घर पुरिदा घर भित्र भएका नगद पैसा सहित सामानहरु पुरिएर घरमा पुर्ण क्षति भएको स्थानीय धिरेन्द्र बोहराले बताउनु भयाे। घरका मान्छे काम विशेषले बाहिर गएको हुनाले मानविय क्षति हुनबाट भने जोगिएको उहाँले बताउनु भयाे।अना र भ्यढुङ्गा गाउँकाे मकै खेती गरेकाे जमिन पनि पुरिएको बाेहराले जानकारी दिनुभयाे ।

यस्तै सोही ठाउँका बिर्ख बहादुर बोहराकोे बङ्गुर फर्म पनि पुरिएको छ। फर्ममा रहेका ६ ओटा बङ्गुर समेत पुरिएको र बाँकी बङ्गुरहरु भागेर जोगिएको बोहराले बताउनु भएकाे छ । यति बेला पहाडी क्षेत्रमा जथाभावी सडक निर्माण गर्दा पहिरो गएर यस्ता घटनाहरु हुने गरेकाे र वर्खाकाे समयमा त्यहाँका बासिन्दाले डरै डरमा बस्नु परेकाे बाेहराले बताउनुभयाे ।

आफ्नो अनुमति बिना जथाभावी सडक खनेकाे र आवश्यक भन्दा बढी माेड खन्दा अहिले उक्त समस्या झेल्नुपरेकाे र स्थानीयहरुले बताउनु भएकाे छ । पहिराेकाे कारणले अना गाउँकाे पुरै बस्ती जाेखिममा रहेकाे धिरेन्द्र बाेहराले जानकारी दिनुभएकाे छ ।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय