धनगढी । सुदूरपश्चिम प्रदेश कैलाली जिल्लाकाे सदरमुकाम धनगढी उपमहानगरपालिका अन्तर्गत बजारकाे मुख्य केन्द्र एल.एन. चाेकदेखि करिब १.५ किलाेमिटर पूर्वमा वडा नम्बर -८ मा अवस्थित देशकै अग्रणी शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसकाे स्थापना वि. सं. २०३७ साल माघ – १९ गते भएकाे हाे ।

सुरुवातमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि पञ्चाेदय माध्यमिक विद्यालयमा सामुदायिक क्याम्पसकाे रुपमा व्यवस्थापन (Management ) संकायकाे पठन पाठन सुरु भएकाे कैलाली बहुमुखी क्याम्पस केही समयपछि धनगढीकाे वडा नम्बर – ८ मा भवन निर्माणगरी आफ्नै भवनमा सञ्चालनमा रहेकाे छ । वि. सं. २०६३ सालदेखि मेराे पनि कर्मथलाे कैलाली बहुमुखी क्याम्पस नै भएकाेले यस क्याम्पसकाे परिदृश्य चित्रण गर्न पक्कै पनि सजिलाे भएकाे अनुभूति गरेकाे छु । बृहत् क्षेत्रफल (२७ बिघा) ओगटेकाे यस क्याम्पसकाे पर्याप्त भाैतिक पूर्वाधार, दक्ष जनशक्ति तथा इमानदार एवम् अनुशासित विद्यार्थीहरू यस क्याम्पसमा गहना हुन् ।

कैलाली बहुमुखी क्याम्पस हाल सुदूरपश्चिम विश्वविद्यालयकाे आंगिक क्याम्पसकाे रुपमा सञ्चालनमा रहेकाे छ । यस क्याम्पसमा स्नातक र स्नातकाेत्तर तह सम्मकाे पढाइ हुने गरेकाे छ । स्नातक तहमा सेमेष्टर प्रणालीमा आधारित शिक्षा शास्त्र संकाय, मानविकी संकाय, प्राकृतिक स्राेत व्यवस्थापन (NRM) वन विज्ञान (B.Sc. Forestry) संकाय, व्यवस्थापन संकाय, कानुन संकाय, विज्ञान संकायकाे पढाइ हुने गरेकाे छ । स्नातकाेत्तर तहमा पनि सेमेष्टर प्रणालीमा आधारित शिक्षाशास्त्र संकाय, मानविकी संकाय र व्यवस्थापन संकायकाे पठनपाठन हुने गर्दछ ।

स्नातक तह (Undergraduates 4 year semester system) व्यवस्थापन संकाय ( Management Faculty) अन्तर्गत BBA (Bachelor of Business Administration ), BHM (Bachelor of Hotel Management), BBS (Bachelor of Business Studies, मानविकी संकाय (Humanities Faculty) मा समूह – क (Group – A) अन्तर्गत अंग्रेजी (English), नेपाली (Nepali), राजनीति शास्त्र (Political Science), समूह – ख (Group – B) अन्तर्गत BDS (Bachelor in Development Studies), JMC (Journalism and Mass Communication), अर्थशास्त्र (Economics) र समूह – ग (Group – C) अन्तर्गत समाजशास्त्र (Sociology), Social Work (BSW), Geography विषयहरूकाे पठन पाठन हुँदै आएकाे छ । यसैगरि कानुन संकाय (Faculty of Law) अन्तर्गत BALLB (Bachelard of Arts and Bachelor of Legislative Law) काे पठनपाठन हुने गरेकाे छ । यस्तै शिक्षाशास्त्र संकाय (Faculty of Education) अन्तर्गत English Education, Mathematics Education, Health and Physical Education, Nepali Education, Population Education र बी. एड. सिएसआइटी (B.Ed.- CSIT) काे पठन पाठन हुने गरेकाे छ । Faculty of Science and Technology अन्तर्गत Biological group र Physical group तथा B.Sc. CSIT काे पठन पाठन हुने गर्दछ । प्राकृतिक स्राेत व्यवस्थापन संकाय (Faculty of Natural Resource Management -NRM) वन विज्ञान (B. Sc. Forestry) काे पठन पाठन हुँदै आएकाे छ ।

त्यसैगरी स्नातकोत्तर तह सेमेष्टर प्रणालीमा आधारित (Graduate 2 year Semester System) व्यवस्थापन संकाय (Faculty of Management) अन्तर्गत MBA (Master of Business Administration) र MBS (Master of Business Studies) काे पठन पाठन हुने गरेकाे छ । मानविकी संकाय (Humanities Faculty) अन्तर्गत MA (Master of Arts) मा English, Nepali, Sociology, Development Studies (MDS), र Economics काे पठनपाठन हुँदै आएकाे छ । शिक्षा शास्त्र संकाय (Faculty of Education) अन्तर्गत M.Ed. (Master of Education) मा TESOL- English Education, Nepali Education, Curriculum Planning and Leadership र Health and Physical Education काे अध्ययन अध्यापन गरिन्छ ।

यस कैलाली बहुमुखी क्याम्पसमा स्थापना कालदेखि हाल सम्म कार्यरत क्याम्पस प्रमुखहरूकाे नामावली यस प्रकार छ :-
१. श्री चन्द्रधर उप्रेती (२०३७-१०-१९ देखि
२०४०-१२-०३ सम्म )
२. प्रा. साेमेन्द्र बहादुर हमाल (का.मु.)
(२०४०-१२-०४ देखि २०४१-०९-०९ सम्म )
३. श्री गाेरखराज ओझा (२०४१-०९-१० देखि
२०४५-०९-०४ सम्म )
४. प्रा. डा. हेमराज पन्त (२०४५-०९-०५ देखि
२०६६-०९-३० सम्म )
५. प्रा. सुरेन्द्र बहादुर चन्द (२०६६-१०-०१ देखि
२०७४-०४-१५ सम्म )
६. प्रा. डा. पदमराज जाेशी (२०७४-०४-१६ देखि
२०७८-०३-३० सम्म )
७. प्रा. डा. धर्मराज उपाध्याय (२०७८-०४-०१ देखि २०८०-०३-३०)
८. प्रा. ताेयराज भट्ट (२०८०-०४-०१ देखि
हालसम्म…
यस क्याम्पस हाता भित्र नेपाल बैंक लिमिटेडकाे शाखा रहेकाे छ । जसले विद्यार्थीहरूलाई क्याम्पस हाता भित्र नै बैंकिङ सुविधा उपलब्ध गराएकाे छ । पूर्ण सरकारी अनुदानमा आधारित यस क्याम्पसमा २५% विद्यार्थीहरू नि:शुल्क छात्रवृत्ति काेटामा अध्ययन गर्दछन् ।
निकट भविष्यमा इन्जिनियरिङ्ग संकायकाे पनि पढाइहुने प्रक्रिया अगाडि बढेकाे छ । यस क्याम्पसमा दक्ष तालिमप्राप्त दर्शनाचार्य (एम.फिल.), पिएच.डी. गरेका र दर्शनाचार्य (एम.फिल.) र पि.एच.डी. स्कलर प्राध्यापकहरू प्राध्यापनरत छन । समय समयमा विभिन्न अतिरिक्त कृयाकलापहरू आयाेजना गरिन्छन् । साथै स्वतन्त्र विद्यार्थी युनियनले पनि समय समयमा विद्यार्थीहरूलाई नि:शुल्क लाेकसेवा तयारी कक्षाहरू, शिक्षक सेवा आयाेगका कक्षाहरू सञ्चालन गर्ने गरेकाे छ ।

देशकै अग्रणी यस शैक्षिक संस्थामा विभिन्न जिल्लाबाट बिद्यार्थीहरू अध्ययनगर्न आउने गर्दछन् । गरीब, जेहेन्दार, अशक्त, अपाङ्ग बिद्यार्थीहरूकाे लागि छात्रवृत्तिकाे व्यवस्था गरिएकाे छ । उपयुक्त खेलमैदान, पर्याप्त भाैतिक पूर्वाधार, समय अनुसारकाे शिक्षा, दक्ष तथा याेग्य प्राध्यापक, पुस्तकालय, समय समयमा आन्तरिक परीक्षाद्वारा विद्यार्थीहरूकाे मूल्याङ्कन, प्राथमिक उपचार कक्ष, उपयुक्त खेलसामग्री, स्वस्थकर चमेनागृह, सुरक्षित पिउने पानी, माेटरसाइकल, साकल तथा गाडी पार्किङ्ग, सुरक्षित साैचालय, छात्राहरूकोलागि सेनेटरी प्याडकाे व्यवस्था आदि यस क्यामपसका मुख्य विशेषता हुन् ।

क्याम्पसमा रिसर्च म्यानेजमेण्ट सेल (RMC), विभिन्न संकाय अन्तर्गतका बिभागहरू गठन गरिएक्का छन् । क्याम्पसले हालै अनुसन्धानमा प्रथम राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न गरेकाे छ । क्याम्पसकाे यस्ता शैक्षिक उन्नयन तथा अनुसन्धानात्मक कृयाकलापहरूमा प्रत्यक्ष र पराेक्ष रुपमा सहयाेग पुर्याउने समाजसेवी, वुद्धिजिवी, विद्यार्थी लगायत सबै सबैलाई ह्रदयदेखि नै आभार प्रकटगर्दै क्याम्पसकाे शैक्षिक विकासमा यहाँहरूकाे अतुलनीय याेगदान सधैभरी रहिरहने कुरामा विश्वस्त हुन सकिन्छ ।

पटक पटक विश्वविद्यालय अनुदान आयाेगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्राप्त यस क्याम्पसकाे थप उन्नती प्रगतिकालागि विश्वविद्यालय र समुदायकाे सहयाेग, सुझाव आवश्यकपर्ने हुँदा सधैंभरी यहाँहरूकाे याेगदान क्याम्पसकाेलागि अविस्मरणीय रहने छ भन्ने कुरामा विश्वस्त छु । यस क्षेत्रका शैक्षिक अगुवा, समाजसेवी, वुद्धिजिवी, राजनीतिकर्मी, सामाजिक अभियन्ता, उद्योगी, व्यापारी, अभिभावक, प्रध्यापक, शिक्षक, कर्मचारी, कृषक, विद्यार्थी सबै सबैकाे क्याम्पसकाे उन्नतीमा महत्त्वपूर्ण याेगदान रहेकाे कुरालाई कसैले पनि नकार्न सक्दैनन् र सधैंभरी यहाँहरुकाे सल्लाह, सुझाव, सहयाेग रहिरहने छ भन्ने कुरामा विश्वस्त छु । क्याम्पस भए हामी हुन्छाैं, तर हामी नभएपनि क्याम्पस हुनेछ ।

मेराे पनि कयाम्पससंग माना जाेडिएकाे हुँदा क्याम्पस अभिभावककाे कुशल व्यवस्थापनले गर्दा क्याम्पस सकारात्मक दिशामा अघि बढिरहेकाे मेराे ठम्याई छ । क्याम्पस सम्बन्धी पाठकलाई थप जिज्ञासा भएमा अर्काे लेखमा उल्लेख गर्ने नै छु । आगामी दिनहरूमा पनि समुदायका अभिभावक, शैक्षिक अगुवा, समाजसेवी, वुद्धिजिबी, राजनीतिकर्मी, विद्यार्थी, व्यापारी, उद्योगपति, जनप्रतिनिधि लगायत सबै जातजाति, धर्म, संस्कृति, विविध भाषाभाषी भएका आम नागरिककाे क्याम्पस प्रतिकाे विश्वास, सद्भाव अझ बढ्दै जानेछ भन्ने पूर्ण भराेसाका साथ सरस्वती माताले हामी सबैलाई सतवुद्धि प्रदान गरून् ।

धन्यवाद !

मान सिंह धामी (भाैनबाटी)
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस धनगढी
स्थायी ठेगाना :-
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी (काेटबुङा), दार्चुला
Facebook Comments Box



















