कैलाली बहुमुखी क्याम्पसमा स्ववियुको नयाँ कार्यसमितिले पूर्णता पायो

Image

धनगढी। समानुपातिक तर्फका उम्मेदवारहरुको टुंगो लागेसंगै स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसको नयाँ कार्यसमितिले पूर्णता पाएको छ ।
आज शुक्रबार स्ववियु निर्वाचन समितिले प्रतक्ष्य र समानुपनतिक दुबैतर्फ निर्वाचित पदाधिकारी र सदस्यरुको पूर्ण कार्यसमिति सार्वजनिक गरेको हो । जसअनुसार पदाधिकारी तर्फ अध्यक्ष सन्तोष पन्त, उपाध्यक्ष कमल कुमार ऐडी, सचिव ओम प्रकाश वस्ती, कोषाध्यक्ष धर्मराज तिमिल्सिना र सहसचिव कुवेरराज जैशी रहनुएको छ ।
त्यसैगरी, सदस्यहरुमा सरिता भट्ट, राम रोकाया, विनिता चौधरी, पुजन बिष्ट, जनक खड्का, राम बहादुर वोगटी, देवेन्द्र धामी, पुजा ओड, गणेश दहाल, आकाश भट्ट, गौरी सिंह, टेक साउँद, ओप प्रकाश जोशी, टेक बहादुर बोगटी, रोहित चनारा र निर्मल गौतम रहनुभएको छ ।

स्ववियु निर्वाचन समितिद्धरा प्रकाशित पूर्ण कार्यसमितिको नामावली:

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय