देशमै आईटी पढाइ र डिजिटल सेवामा अवसर

Image

धनगढी । सूचना प्रविधिमा आधारित अग्रणी संस्था बिजी इन्फोटेक्स अब आफ्नै देशमा बसेर आइटी शिक्षा हासिल गर्ने र डिजिटल क्षेत्रमा रोजगारी प्राप्त गर्ने वातावरण सिर्जना गर्दै काठमाडौं र धनगढीमा शाखा स्थापना गरेको छ।

बिजी इन्फोटेक्सले वेब विकास, ग्राफिक्स डिजाइन, डिजिटल मार्केटिङ, सोशल मिडिया ह्यान्डलिङ, सफ्टवेयर सेवा, र टेक्नोलोजी सम्बन्धी सीपमूलक तालिम प्रदान गर्दै आइरहेको छ।
कम्पनीको उद्देश्य भनेको देशमै बसेर आईटी अध्ययन गर्ने वातावरण तयार पार्नु र विदेश पलायन रोक्दै युवालाई स्वदेशमै सक्षम बनाउनु हो।

यस संस्थाले धनगढी शाखामा विशेष गरी आईटी सम्बन्धी प्रशिक्षण कक्षा सञ्चालन गर्दैछ, जहाँ विद्यार्थीहरूले प्रायोगिक ज्ञान सिक्न सक्नेछन्। साथै, फेसबुक, इन्स्टाग्राम, युट्युब लगायतका सामाजिक सञ्जालको व्यवस्थापनमा इच्छुक युवाहरूलाई प्रशिक्षण र व्यावसायिक अवसर पनि प्रदान गरिनेछ।
बिजी इन्फोटेक्सका निर्देशकले भन्नुभयो “हामी नेपालका युवालाई विदेशिनु नपरोस् भन्ने चाहना राख्छौं। काठमाडौं र धनगढी दुबै शाखामा आईटी पढाइसँगै डिजिटल सेवा सञ्चालन गरेर रोजगारीको वातावरण सिर्जना गरिरहेका छौं।”
सेवाहरूमा वेब डिजाइन र विकास, ग्राफिक्स डिजाइन, डिजिटल मार्केटिङ, सोशल मिडिया ह्यान्डलिङ (पेज म्यानेजमेन्ट, कन्टेन्ट बनाउने, पोस्ट बुस्ट गर्ने तालिम), सफ्टवेयर सेवा, आईटी प्रशिक्षण (बेसिक देखि एडभान्स लेभलसम्म) रहेको छ ।

(नोट: यो विज्ञापनिक भाषा हो)


Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय