धनगढीमा थारु सखिया नाचको वडा सम्मेलन सम्पन्न

Image

धनगढी। थारु समुदायको सांस्कृतिक पहिचानका रूपमा रहेको सखिया नाचको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका–६, सरस्वती टोलमा वडा स्तरिय सम्मेलन हिजो (आइतबार ) सम्पन्न भएको छ।
‎“हमार थारु सखिया नाचके पहिचान“भन्ने अभियानअन्तर्गत आयोजित कार्यक्रममा थारु समुदायका महिला–पुरुषले परम्परागत भेषभूषा र गीतसंगीतका साथ सखिया नाच प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागीहरूले पूर्वजहरूको सांस्कृतिक ज्ञान र सीपलाई भावी पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए।

‎सखिया नाचले छुट्टै ऐतिहासिक धार्मिक मूल्यमान्यता बोकेको पुर्खादेखि नै मान्दै आएकोले यसलाई नयाँ पुस्तासम्म पु¥याउनका लागि उक्त कार्यक्रम गरिएको धनगढी उपमहानगरपालिका ६ मटियारीका भलमानसा विनकी चौधरीले बताउनुभयो।
‎त्यस्तै सखिया नाज प्रस्तुत गर्दा थारु समुदायलाई झल्काउने विभिन्न किसिमका गरगहना लगाएर नाच्ने गरेको र उक्त नाचप्रति बढी आकर्षक बनाउने, संस्किृतीको जगेर्ना गर्ने गरेको पिपलचोक टोल विकास संस्थाकी अध्यक्ष सृष्टि चौधरीले बताउनुभयो।

‎उक्त सांस्कृतिक कार्यक्रमका लागि केही मात्रामा आर्थिक बजेट छुट्याएको वडा नम्बर ६ का वडा अध्यक्ष भागीराम चौधरीले बताउनुभयो। ‎सम्मेलनमा स्थानीय समाजसेवी, जनप्रतिनिधि, तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो। कार्यक्रमको आयोजना पिपलचोक टोल विकास संस्था, धनगढी–६, जालीले गरेको हो भने धनगढी उपमहानगरपालिका वडा नं. ६ कार्यालय, राइजिङ स्टार इङलिस बोर्डिङ स्कुलको सहयोग र समन्वयमा आइतबार सम्पन्न भएको हो।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय