के.एम.सी.म्युजिक क्लबको पाँचौँ कार्यसमितिको अध्यक्षमा सागर बोगटी चयन

Image

धनगढी। कैलाली बहुमुखी क्याम्पस अन्तर्गतको के.एम.सी.म्युजिक क्लबको पाँचौँ कार्यसमिति चयन गरिएको छ।

उक्त कार्यसमितिको अध्यक्षमा सागर बोगटी चयन हुनुभएको छ । विद्यार्थीहरूमा सिर्जनशीलता र प्रतिभा उजागर गर्ने उद्धेश्यले स्थापना गरिएको म्युजिक क्लबले क्याम्पसमा रहेका गायन, वादन, रचना लगायतका सांगीतिक प्रतिभाहरूलाई पहिचान गरी उनीहरूको कलालाई प्रस्तुत गर्ने अवसर दिदै आईरहेको छ ।
क्लबले क्याम्पसभित्र र बाहिर विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै क्लबको परिचयलाई थप फराकिलो बनाउने नवनिर्वाचित कार्यसमितिका अध्यक्ष बोगटीले बताउनु भयो।

सागर बोगटीको नेतृत्वमा रहेको नयाँ कार्यसमितिमा उपाध्यक्ष पूजा आचार्य, सचिव रमेश वि.क, सहसचिव ऋतु बलायर, कोषाध्यक्ष हरी खत्री, सह–कोषाध्यक्ष करिश्मा रावल, कार्यक्रम संयोजक अर्जुन महरा, व्यवस्थापक हेड भुपेन्द्र सिंह रहेका छन् भने सदस्यहरूमा सरस्वती बिक, मेघना रावल र टेकन्द्र बोगटी सर्वसम्मत रूपमा चयन भएका छन्।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय