स्ववियुद्वारा विद्यार्थीका लागि अनुसन्धानात्मक प्रतिवेदन लेखनसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना

Image

धनगढी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा कैलाली बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको दुईदिने अनुसन्धानात्मक प्रतिवेदन तथा प्रस्तावना लेखनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

क्याम्पसमा व्यवस्थापन, मानविकी तथा शिक्षा संकायअन्तर्गत आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूका लागि शनिबार र आईतबार उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको उद्देश्य अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीहरूलाई अनुसन्धान प्रतिवेदन र प्रस्तावना लेखनमा आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्नु रहेको स्ववियु अध्यक्ष सन्तोष पन्तले बताउनुभयो। उहाँका अनुसार विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि र अनुसन्धान क्षमताको विकासका लागि कार्यक्रम आयोजना गरिएको हो।

क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर बिष्टले यस्ता अभिमुखीकरण कार्यक्रमले विद्यार्थीहरूलाई अनुसन्धानप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रतिवेदन तथा प्रस्तावना लेखनसम्बन्धी व्यावहारिक ज्ञान प्राप्त गर्न पाउँदा आफूहरू लाभान्वित भएको प्रतिक्रिया दिएका थिए।

उक्त प्रशिक्षण कार्यक्रममा प्रशिक्षकको रूपमा कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सहप्राध्यापक डा. मोहन सिंह साउद, सहप्राध्यापक डा. गोविन्दराज जोशी, सहप्राध्यापक डा. प्रयागराज जोशी, उपप्राध्यापक डिल्लीराज मिश्र तथा उपप्राध्यापक दिपकराज पन्त रहनुभएको थियो।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय