धनगढी। कैलाली बहुमुखी क्याम्पसको ४५ औँ वार्षिक उत्सव कार्यक्रमका अवसरमा आयोजित खेल सप्ताह अन्तर्गत “मेरो देश, मेरो सपना” शीर्षकमा आयोजित कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा लव देव धामी प्रथम, विजय उपाध्याय द्वितीय र चन्द्रिका चन्द तृतीय भएका छन्। प्रतियोगितामा सहभागी कविहरूले देशप्रेम, भविष्यप्रतिको सपना र सामाजिक उत्तरदायित्व झल्किने कविता प्रस्तुत गरेका थिए।
कार्यक्रम संयोजक सहप्राध्यापक डा. हरिचन्द्र कमलीका अनुसार कविता प्रतियोगितामा १२ जनाले सहभागिता जनाएका थिए।
Facebook Comments Box




















